विश्वकप क्रिकेट आजबाट सुरू

257
  •  
  •  
  •  

icc-cricket-world-cup-2015काठमाडौ, २९ माघ(ऐजेन्सी) क्रिकेटको सबैभन्दा ठूलो प्रतिष्पर्धा विश्वकप क्रिकेट आजबाट सुरू हुँदैछ । यसपटक विश्वकप क्रिकेटको आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डले एकसाथ गर्दैछन् ।

११ औ विश्वकप क्रिकेटको उद्घाटन समारोह न्युजिल्याण्डको क्राइस्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा आयोजित हुनेछ, उक्त उद्घाटन समारोह आज पौने दुई बजेबाट सुरू हुनेछ ।

सन् २०११ मा भएको विश्वकप क्रिकेटको आयोजना भारत, श्रीलंका र बंगलादेशले मिलेर गरेका थिए । यो विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको थियो ।

विश्वकप क्रिकेटको आयोजना १४ फ्रेबुअरी देखी २९ मार्चसम्म चल्नेछ । यसपटक प्रतियोगितामा १४ टोलीले भाग लिँदैछन् । भाग लिने टोलीलाई दुइ समूहमा विभाजित गरिएको छ ।

समूह ए मा अष्ट्रेलिया, इङ्ल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् भने समूह बी मा वेष्ट इण्डिज, दक्षिण अफ्रिका, आयरल्यान्ड, पाकिस्तान, भारत, युनाइटेड अरव इमिरेट्स र जिम्बाब्बे रहेका छन् ।

१४ फ्रेबुअरीबाट सुरू हुने प्रतियोगिताको लीग चरणमा करिब ४२ खेल खेलिने छन् । क्वाकरफाइनलको खेलहरू १८ मार्चबाट सुरू हुनेछ।

विश्वकपको पहिलो सेमिफाइनल खेल २४ मार्चमा न्युजिल्याण्डको अकल्याण्डमा र दोस्रो सेमिफाइनल खेल २६ मार्चमा अष्ट्रेलियाको सिड्नीमा भएको थियो । फाइनल खेल अष्ट्रेलियाको मेलवर्नमा २९ मार्चमा खेलिने छ ।


  •  
  •  
  •