नालापानीमा नेपाली मन…(फोटोफिचर)

874
  •  
  •  
  •  

200 years of nalapani war3काठमाडौ, १५ मंसिर(ओएनएस) नेपालीहरूको वीरताको गाथा बोकेको भारतको नालापानीमा नालापानी युद्धको द्धिशतवार्षिकी मनाइदै छ । नेपाली वीर योद्धा वीर बलभद्र कुँबरको सम्झना र नालापानी युद्धको २ सय वर्ष पुगेको उपलक्ष्यमा द्धिशतवार्षिकी मेला सुरू भएको हो । शनिबार सुरू भएको नेपाली वीरताको इतिहास र मौलिक संस्कृति झल्काउने विशेष कार्यक्रम तीनसम्म अर्थात् सोमबार(आज)सम्म चल्नेछ ।

200 years of nalapani war1नेपाली वीर योद्धाहरुले बगाएको रगत र देखाएको साहसको चर्चा संसारका कुन सम्राटहरूले गरेनन् ? तर, आज नेपाली वीरता इतिहासका पानामा सीमित छ । साहसी योद्धाहरूमध्येका एक बलभद्रले वीरतापूर्वक लडाई लडेको स्थान नालापानीमा नेपाली वीरताको इतिहास र मौलिक संस्कृति झल्काउने विषेश कार्यक्रमको आयोजना गरिएको छ ।

balbhadra kubar nalapaniबलभद्रकै समयदेखि विभिन्न कालखण्डमा पुगेका लाखौँ नेपालीहरू अहिले पनि नालापानीको आसपासमा बस्छन् । बलभद्र खलंगा विकास समिति प्रमुख आयोजक रहेको कार्यक्रममा गोरखा सुधार सभा र गुराँस सांस्कृतिक कला केन्द्र लगायत नेपालीहरूका संस्थाहरूले पनि साथ दिएका छन् ।

balbhadra kubar nalapani3नोभेम्बर ३० का दिन बलभद्रले आफ्ना बाँकी सेना लिएर कुशलतापूर्वक किल्ला त्यागेको दिन पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । बलभद्र लगायत नेपाली वीर योद्धाहरूको साहस र नेपाली मौलिक संस्कृति झल्किने प्रस्तुतीहरू प्रदर्शन गरिएका छन् । कार्यक्रमको प्रमुख आतिथ्यता उत्तराखण्ड राज्यका मुख्यमन्त्री हरिश रावतले गरेका थिए । खानाका स्टल, भाग्य चिठ्ठा, खेलकुद जस्ता कार्यक्रमहरू पनि राखिएका छन् । नालापानी क्षेत्र  ध्वजापताकाले रंगिएको छ ।

200 years of nalapani warबलभद्र नालापानी युद्धबाट फर्केर आएपछि पहिलोपल्ट उनका वंशजहरू यसपाली नालापानी टेकेका छन् । नेपालबाट उक्त कार्यक्रममा भाग लिन पहिलोपटक बलभद्र कुँबर प्रतिष्ठान र कुँबर समाज मिलेर नालापानी गएका छन् । यसको नेतृत्व भने बलभद्र कुँबरका पाँचौ पुस्ताका राजकुमार कुँबरले गरेका थिए ।

200 years of nalapani war11 200 years of nalapani war10200 years of nalapani war11200 years of nalapani war2200 years of nalapani war4200 years of nalapani war7200 years of nalapani war6
200 years of nalapani war9

तस्बिर: सौजन्य : ब्रिगेडियर पीएस गुरुङ, संरक्षक, बलभद्र खलंगा विकास समिति, नालापानी, देहरादून


  •  
  •  
  •