विगतका सम्झौता कार्यान्वयन भए तोकिएको मितिमा संविधान : २० दल

190
  •  
  •  
  •  

20 party meetingकाठमाडौं, २१ मंसिर (ओएनएस) : एकीकृत माओवादीको नेतृत्वको २० संयुक्त मोर्चाले विगतका सम्झौता कार्यान्वयन भए मात्र तोकिएको समयमा संविधान आउने बताएका छ ।

आइतबार बिहान बसेको मोर्चाको बैठकमा यसअघि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नेपालको शान्ति प्रक्रिया राजनीतिक दलबीच भएको १२ बुदे संझौता लगायत बिभिन्न सम्झौताको पालाना गर्दै संबिधान निर्माण प्रक्रीयामा रहेका समितिहरुबाट नै टुगोमा पुयाउनुपर्ने निष्कर्ष रहेको छ ।

बार्ता र छलफलबाट नै सहमत र बिमति रहेका संबिधानका बिषयलाई टुंगोमा पुयाउनुपर्ने नै उक्त प्रतिवदनको मुल भाव रहेको कार्यदलका सदस्य प्रेम बहादु सिंहले जानकारी दिए । समयसीमा भित्र जारी हुने भनिएको संबिधानमा अधिकतम जनताहरुले आफनो स्वामित्व महसुस गर्न सक्ने हुनपर्ने उनको भनाई थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनलाई २० दलहरुले आफनो पार्टी भित्र छलफल गरी एक दुइ दिन भित्रमा मोर्चाको गठबन्धन तयार हुने छ । यसैबीच एकीकृत माओवादी नेतृत्वमा रहेको २२ दलीय मोर्चा र २० दलीय गठबन्धन संयुक्त मोर्चा भएको छ ।

पहिचान र समाथ्र्यका आधारमा राज्यको पुनःसरंचनासहित संघीय सविधान जारी गर्न दबाब दिनका लागि भन्दै दुवै मोर्चालाई एकीकृत गरिएको हो । बैठकले सयुक्त मोर्चाको अवधारणा बनाउन कृष्णबहादुर महरा, प्रेमबहादुर सिंह, हृदयेश त्रिपाठी, रामकुमार राई र रानी शर्मासहितको ५ सदस्यीय समिति बनाएको छ ।


  •  
  •  
  •