श्रोत नखुलेको बीस लाखसहित युवा पक्राउ

303
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : श्रोत नखुलेको बीस लाख रुपैयाँसहित एक युवालाई प्रहरीले गएराति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई बस्ने ३७ वर्षीय रमेश सापकोटा रहेका छन्।
सापकोटालाई प्रहरीले मंगलबार राति पौने १२ बज सोल्टीमोड बाट पक्राउ गरको हो।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट खटिएको चेकिङ्गको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा.१३ च ५६०२ नं.को स्कारपियो गाडी चेकजाँच गर्दा श्रोत नखुलेको उक्त बीस लाख रुपैयाँ फेला परेको थियो। प्रहरीले उक्त गाडीमा पैसा फेला पारेपछि सापकोटासँग सोधपुछ गर्ने क्रममा श्रोत नखुलाएपछि पैसासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सापकोटालाई थप अनुसन्धान तथा कारवाहीको लागि सम्पति शुद्धीकरण विभागमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी मोहन थापाले बताए।


  •  
  •  
  •