२० दलीय मोर्चा संविधानका अन्र्तबस्तुमा साझा धारणा बनाउँदै

321
  •  
  •  
  •  

काठमाडौं २१ मंसिर (ओएनएस) : संविधानका अन्र्तबस्तुमा साझा धारणा बनाउन प्रतिपक्षी २० दलीय मार्चाको बैठक बस्दैछ । साझा धारणा बनाउन कार्यदललाई केही बुदागत सुझाव दिने र त्यस आधारमा साझा धारणा बनाउने ती दलले बताएका छन् । एकीकृत नेकपा ( माओवादी ) नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने २० राजनीतिक दलको मोर्चाले यसअघि नै कार्यदल बनाइसकेका छन् ।
शीर्ष तहमा छलफल भएपछि एमाओवादी महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा बनाएको कार्यदलले आजैदेखि काम सुरु गर्नेछ । कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य छन् ।
कार्यदलले पहिचानमा आधारित संघियताका विषयमा समान धारणा बनाउने तर त्यसअघि थप छलफल गर्न आज बैठक बोलाइएको सद्घावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । उनका अनुसार बैठक बिहान सिंहदरबारमा बस्दैछ ।
कार्यदललाई संविधानका विवादित विषयमा समान धारणा बनाउने अख्तियारी प्रदान गरिएको छ । दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना,निर्वाचन र न्याय प्रणालीलगायत विषयमा विवाद रहँदै आएको छ ।


  •  
  •  
  •