२ वर्षका छोराले गोली हानेर मारे आफ्नी आमालाई

271
  •  
  •  
  •  

2-year-old-baby-killed-mother-by-gun-shotकाठमाडौ, १६ पुस(एजेन्सी) : अमेरिकामा मंगलबार पेस्तोल खेलाउँदै गर्दा दुई वर्षका छोराले प्रहार गरेको गोली लागेर आमाको ज्यान गएको छ । लस एन्जलसको इडाहोस्थित वालमार्ट स्टोरमा २९ वर्षीय वेरोनिका जे रुजलेटले पर्समा राखेको पेस्तोल बालकले झिकेर चलाउँदै गर्दा चलेको गोली लागेर उनको ज्यान गएको हो ।

उनी आफ्ना ४ बच्चाहरूसँग वालमार्ट स्टोरमा सपिंगका लागि पुगेकी थिइन् । सोही क्रममा दुई वर्षीय छोराले पर्सबाट केही गरी उक्त पेस्तोल निकाल्यो र चलाउँदै गर्दा अचानक गोली चल्यो र रूजलेटलाई लाग्यो ।

उक्त वालमार्ट स्टोरको व्यवस्थापनका अनुसार जब बच्चाले पर्सबाट बन्दुक निकाल्यो, तब ती बालक सपिङग कार्टमा बसिरहेको थियो । रूजलेट र उनका तीन बच्चाहरू पछाडि हिडिरहेका थिए । जब महिला इलेक्ट्रोनिक क्षेत्रमा पुगिन्, बच्चाले अन्जनामा गोली चलायो र रूजलेटको घटनास्थलमा नै मृत्यु भयो । रूजलेटका ११ वर्षीय ठूलो छोराले गोली २ वर्षका आफ्नै भाईबाट चलेको बताएका थिए ।

प्रहरीले जनाएअनुसार उनी उक्त क्षेत्रकी होइनन् । उनी छुट्टी मनाउनका लागि त्यहाँ पुगेकी थिइन् । उनीसँग भएको पेस्तोल वासिंगटनको स्पोकेको अनुमतिमा लिइएको पेस्तोल हो । यसलाई एउटा दुर्घटनाका रूपमा हेरिएको छ ।


  •  
  •  
  •