११ को नतिजा पर्सीसम्ममा आउने

175
  •  
  •  
  •  

काठमाडौं २८ पुस (ओएनएस ) :

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाको नतिजा दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ । उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले पर्सीसम्ममा परीक्षा प्रकाशित गर्ने बताएको छ । परिषदका उपाध्यक्ष तथा परीक्षा समितिका अध्यक्ष चैतन्य शर्माले यो महिनाभित्र प्रकासित हुने जानकारी दिनुभयो ।

आज हुने सम्भावना कम छ, तर कहिले हुने भन्ने अहिले नै भन्न नमिल्ने उहाँले भन्नुभयो । सबै तयारी पुरा भइसकेको जानकारी पनि उहाँले दिनुभयो । उच्च माध्यमिक शिक्षा परिषद्ले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।


  •  
  •  
  •