प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक, कृषिदेखि तथा पर्यटनउद्योगको विकासमा विशेष जोड

944
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : प्रदेश २ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएकाे छ। प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ४ महिनाका लागि नीति तथा कार्यक्रम प्रदेशसभा बैठक मार्फत सार्वजनिक गरेकाे गरेको छ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारको उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठक प्रस्तुत गर्दै सार्वजनिक गरेका हुन्।

सरकारले प्रदेशकाे अावश्यकता अनुरुप कृषि, उद्योग तथा पर्यटनको विकासमा विशेष जोड दिएकाे छ। त्यसकाेकाे लागि प्रदेश सरकारले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति समेत लिएको छ।

नीति तथा कार्यक्रममा कृषिमा आधारित सिँचाइका लागि सुनकोसी कमला डाइभर्सन गर्नका लागि प्रदेश सरकारहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने र कृर्षिका उद्योग स्थापना गर्ने उल्लेख छ।

त्यस्तै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका क्षेत्रको विकास, स्थानीय लोकनाच, लोकबाजा तथा परम्पराहरुको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने उल्लेख छ। बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

जनकपुर अञ्चल अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पाल तथा नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुका साथै जानकी मेडिकल कलेज तथा नेसनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले अाधारित वीरगन्ज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रुपनी–राजविराज क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने नीति लिइएको छ।

प्राकृतिक विपत्ति तथा महामारीजन्य कारणबाट ज्यान गुमाउनेहरुका लागि उद्धार तथा पुनर्स्थापनाका लागि मुख्यमन्त्री उद्धार तथा पुनर्स्थापना कोषको स्थापना गरिने प्रदेश नीति तथा कार्यक्रममा उल्लेख छ।

राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघीय सरकारसँग सहयोगीको रुपमा भूमिका निर्वाह गरी द्रुत गतिमा कामकाज गर्ने नीति प्रदेश सरकारले लिएको छ।

माछा उत्पादनमा जोड दिनुको साथै स्थानीय फलफूलमा आधारित घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवालाई सहुलियत दरमा ऋण प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने नीति प्रदेश सरकारले लिएको छ।

‘बेटी पढाऔं र बेटी बचाऔं’ अभियानलाई सफल बनाउन प्रदेश सरकारले विभिन्न बिमा कम्पनीसँग साझेदारीमा छोरीहरुको शिक्षा बिमा नीति ल्याएर भ्रुण हत्या रोक्न कडा कानुन निर्माण गर्ने नीति पनि ल्याइएको छ।


  •  
  •  
  •