मलेसियामा पहिरोमा पुरिएर २ नेपालीको मृत्यु

573
  •  
  •  
  •  

flood in malaysia2क्वालालाम्पुर, २१ पुष(ओएनएस) : मलेसियामा रोजगारीका लागि आएका दुई नेपालीको पहिरोमा पुरिएर ज्यान गएको छ । मृत्यु हुनेमा धनकुटा खोकुकाका धनबहादुर राई र धनकुटा मुदेवास-४ को कर्ण लिम्बु रहेको उक्त स्थानमा रहेका सुन्योक लिम्बुले जानकारी दिएका छन् ।

सुन्योकका अनुसार ती दुवैको शव फेला परेको छ । फेला परेको शवमध्ये लिम्बूको शव दुई टुक्रा भएको अवस्थामा भेटिएको छ । शव गलेकाले दुई टुक्रा भएको हो ।

flood in malaysia3मलेसियाको तेरगानो राज्य अन्तर्गत कमरूम हाई ल्याण्डमा उनीहरू काम गर्दै आएका थिए ।

flood in malaysia1लिम्बूका जेठा दाजु अमिल लिम्बू समेत सोही स्थानमा रहेको र आफ्नो भाईको खोजी कार्यमा लागेको सुन्योक लिम्बुले जानकारी दिएका थिए । लिम्बूका दाई अमिलका अनुसार उनीहरू रोजगारीका लागि सन् २००९ मा मलेसिया आएको र घर जाने तयारी रहेका थिए । गत डिसेम्बर ३१ को सुनामीमा उनीहरू पहिरोमा परेका हुन् । अमिलले केही समयअघि भनेका थिए, ‘जीवित पाउन त गाह्रो छ, लास मात्र भेटपनि हुन्थ्यो ।’

हालसम्म यहाँ ३० भन्दा बढीको ज्यान गईसकेको र धेरै हराइरहेको बताइएको छ ।


  •  
  •  
  •