चट्याङ लागेर दुई जनाको मृत्यु

231
  •  
  •  
  •  

chatyang-300x237
प्रतिकात्मक तस्विर

दोलखा, १७ चैत (ओएनएस) : दोलखामा चट्याङ लागेर एकै परिवारका दुई जनाको ज्यान गएको छ ।  दोलखाको मागापौवा गाविस ४ का ६९ बर्षिया साईली तमाङ र उनकी नातीनी ११ बर्षिया फुलमाया तमाङको सोमबार राति परेको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाकै मेलुङ गाविस ४ मा चट्याङ लागेर तीन जना घाईते भएका छन् । चट्याङ लागेर मेलुङ गाविसका ४५ बर्षिय मैया खड्का उनकी छोरी ९ बर्षिया सरला खड्का र डाँडाखर्क गाविसको ३५ बर्षिया गोमा खड्का घाईते भएका छन् ।

घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •