प्रधानमन्त्रीको वक्तव्य निकाल्न आन्दोलन स्थगनको सर्त

138
  •  
  •  
  •  

काठमाडौं २४ माघ (ओएनएस) :  विपक्षीलाई वार्तामा ल्याउन तत्काल प्रक्रिया स्थगनको प्रतिवद्धतासहित सत्तासिन दलले आह्वान गर्ने भएका छन् । एमाओवादीको नेतृत्वको विपक्षी मोर्चाले राखेका सर्त अनुसार लचक भएको सन्देश दिन प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य निकाल्ने गरि छलफल सुरु भएको छ ।

शुक्रबारको छलफलमा संघियता लगायतका विषयमा लचक हुने निस्कर्ष निकालेका दलहरु वार्तामा ल्याउने प्रक्रिया अघि बढाउन लागेका हुन् । शुक्रबार विराटनगरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले सहमतिबाट संविधान बनाउने प्रतिवद्धता सहितको वक्तव्य आए वार्तामा आउने सैकट गरेका थिए । तर, सत्तापक्षले वक्तव्यसँगै आन्दोलन स्थगनको सर्त भने अघि सार्ने भएको छ ।

एमालेका बरिष्ठ नेता झलनाथ खनालले वार्तामा ल्याउन वक्तव्य निकाल्ने विषयमा सत्तासिन दल तयार रहेको बताए । त्यसमा छलफल भइसकेको पनि उनले दावी गरे । तर, विपक्षी दलले आन्दोलन स्थगन गर्नुपर्ने सर्त सत्तापक्षको रहेको उनले बताए ।

‘सत्तासिन दलका तर्फबाट वक्तव्य निकाल्ने विषयमा हामी तयार छौ’ खनालले ओएनएससँग भने‘ तर विपक्षी दलले आन्दोलन स्थगनपनि सँगै गर्ने प्रतिवद्धता जनाउनुपर्छ । वार्तामा बस्नुमात्रै ठूलो कुरा होइन आन्दोलन रोक्नुपर्छ । ’ सत्तासिन दलले आज शनिबार त्यसमा आन्तरिक छलफल गर्ने तयारी गरेका छन् ।


  •  
  •  
  •