राजनीतिक नियुक्ति र संविधानका विवादित विषयमा सहमति खोजिदै

241
  •  
  •  
  •  

काठमाडौ, ८ भदौ (ओएनएस) :२६ सभासदको मनोनयन र राजदुत नियुक्तिका विषयमा सत्तासिन दलहरुले आज टुङ्गो लगाउने भएका छन् । नेपाली कांगे्रस र नेकपा एमालेले आज २६ सभासद र राजदुतको टुङ्गो लगाउन छलफल गर्दैछ । तीदुई दलले छलफल गरेपछि मन्त्रिपरिषद्को बैठक बसेर नियुक्ति गर्नेछ । दुईदलको छलफलअघि एकीकृत नेकपा माओवादी र संविधानसभा बाहिर रहेको नेकपा–माओवादीसँग्छलफल हुनेछ ।उनीहरुको छलफलका आधारमा दलहरुबीच सहमति गरेर सरकारलाई सिफारिस गरिनेछ । राजदुत नियुक्तिमा दलहरुबीच अझै कुरा मिलेको छैन ।

बिहान एकीकृत नेकपा माओवादीसहित तीन दल र दिउँसो संविधानसभा बाहिररहेको नेकपा माओवादीसँग छलफल भएपछि साँझ दुईदलको बैठक बस्नेछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सभासद र राजदुत नियुक्ति वाहेक संविधानका अन्र्तबस्तुमा पनि छलफल हुनेछ । सत्तारुढ दल नेपाली कांग्रेस र एमाले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणलीजस्ता संविधानका विवादित विषयमा सहमति नजिक पुगेका छन ।

एमाले नेता अग्नि खरेलले आज सरकार सन्चालनका विषय सहित राजनीतिक नियुत्ति र संविधानका विषयमा छलफल हुने बताए । ‘हिजो पनि धेरै विषयमा छलफल भएको छ हामी सहमति नजिक छौ’ उनले भने आज ‘साँझ बैठक बसेर सरकारसन्चालनका अझ्दारी हटाएर संविधानका अन्र्तरबस्तुमा सहमति खोजिने छ ।’ राजदूत नियुक्ति र २६ सभासद् मनोनयनका विषयमा टुंगो लगाउने गरी छलफल गर्ने बताएका छन् ।

 

 


  •  
  •  
  •