७ महिनामा राहदानीबाट २ करोड भन्दा बढी राजस्व संकलन

153
  •  
  •  
  •  

रुपन्देही, ४ मंसिर(ओएनएस) : ईलाका प्रशासन कार्यालय बुटबलले गत बैसाख देखी कार्तिकसम्म ४१ सय ५५ वटा राहदानी वितरण गरेको छ भने काठमाडौँको लागी सिफरिस २३ सय ९६ सिफारिस गरेको कार्यालयले जनाएको छ ।

त्यस्तै, नागरिकता ५४ सय ४६, नाबालक परिचयपत्र १ सय ७०, मापासे १ सय ३६, संस्था नविकरण १९, हातहतियार नविकरण ३६ गरिएको ईलाका प्रशासन कार्यालय बुटबलका प्रमुख कृष्ण प्रसाद भण्डारीले बताएका छन् । उनका अनुसार बैशाखमा ५ सय ३४, जेठमा ६ सय ४०, असारमा ७ सय २, साउनमा ५ सय ३८, भदौमा ५ सय ९७, असोजमा ५ सय ५७, कार्तिकमा ५ सय ४२ राहदानीबाट राजस्व २ करोड १६ लाख २० हजार जम्मा भएको भण्डारीले बताए ।

भण्डारीका अनुसार यस आर्थिक वर्ष सुरु भएको ४ महिनामै १ करोड १९ लाख राजस्व संकलन गरेको छ । गतवर्षभन्दा यस वर्ष बढी राजस्व संकलन हुने उनले बताएका छन् । त्यस्तै, बैशाखमा ७ सय ९६, जेठमा ८ सय ४७, असारमा ९ सय ८६, साउनमा ९ सय ६५, भदौमा ६ सय ६३, असोजमा ६ सय ३४ र कार्तिकमा ५ सय ५५ वटा गरि ५४ सय ४६ वटा नागरिकता वितरण गरिएको कार्यालय प्रमुख भण्डारीले बताएका छन् ।
राहदानीको लागी काठमाडौँमा २३ सय ९६ सिफरिस गरिएको बताए । तराईमा भएको आन्दोलनले अरू क्षेत्रमा असार परेको बताउँदै भण्डारीले यस क्षेत्रमा नागरिकता पासपोर्ट तथा अन्य ईलाका प्रशासनबाट हुने काम अवरुद्ध नभएको बताएका छन् ।


  •  
  •  
  •