काठमाडौं, २६ असाेज (ओएनएस) : नेपालले सुरीनाम देशसँग दौंत्य सम्बन्ध गाँसेकाे छ। नेपालले १६३ अाैँ देशकाे रुपमा सुरीनाम सँग कूटनीतिक सम्बन्ध गाँसेकाे हाे। नेपालको अब बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्।
नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।