९ किलो चरेशसहित दुई पक्राउ

276
  •  
  •  
  •  

काठमाडौँ, २२ असार ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरणले ९ के.जी ३ सय ग्राम लागू औषध चरेश सहित २ जनालाई सोमवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वानेश्वर वस्ने सप्तरी वैरवा–४ घर भएका ४५ बर्षीय सुकदेव यादव र काठमाडौँ गौशाला बस्ने धनुषा वटेश्वर– २ घर भएका ३४ वर्षीय मिन भुजेल रहेका छन ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डिपार्चर “वि” को होल्ड व्यागेज चेकिङ्ग एरियामा एक्सरे मेसिनबाट चेकजाँच गर्ने क्रममा उनीहरुले ल्याएको कार्टुनमा उलनको धागोबाट विभिन्न सजावटका सामानहरु भित्र लुकाई छिपाई पठाउन लागेको अवस्थामा उक्त चरेश बरामद भएको हो ।

उक्त चरेश फ्लाई दुवईको उडान नम्वर एफजेट ८५७२ द्धारा डिएचएल कुरीयर मार्फत दुवईहुदै क्यानडा पठाउन लागेको अनुसन्धानबाट खुल्न आएको छ । आवश्यक अनुसन्धानको लागि उनीहरुलाई लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरमा पठाइएको छ ।


  •  
  •  
  •