लागुऔषध सहित दुई पक्राउ

253
  •  
  •  
  •  

विराटनगर, ८ साउन(ओएनएस) : मोरङको viराटनगर उपमहानगरपालीका स्थित नेपाल भारत सिमानामा प्रहरीले आज दिउँसो लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूहको टोलीले विराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको २ नम्बर टाढाबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी ५ का ३४ बर्षिय चन्द्र बहादुर कार्की र केराबारी ६ का ३८ वर्षीय होम बहादुर घिमिरे रहेका छन् ।

भारतको जोगबनिबाट आउदै गरेको को. १६ प ६५६८ नम्बरको मोटरसाईकललाई प्रहरीले चेक जाँच गर्दा सो मोटरसाईकलको सिट मुनि लुकाएर राखेको लागुऔषध कोरेक्स १९ बोटल र नाईट्रोजन २० ट्याब्लेट बरामद भएको हो ।

पक्राउ परेका दुबैलाई लागुऔषध सहित आवश्यक कार्वाहिकोष लागी ईलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।


  •  
  •  
  •