चितुवाको छालासहित दुर्इ जना पक्राउ

309
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : स‌ंरक्षित वन्यजन्तु चितुवाको छाला सहित दुर्इ जना पक्राउ प्रहरीले पक्राउ गरेकाे छ।

केन्द्रीय अनुसन्धान व्यूरो(सिअाइबी) द्धारा खटिएकाे प्रहरी टाेलीले उनीहरुलार्इ लाजिम्पाटबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा धादिङ साबिक मैदी गा.बि.स .वडा नं. ७ हालको ज्वालमुखी गाँ.पा. वडा नं. २ बस्ने २८ वर्षीय सविन कुमार श्रेष्ठ र सिन्धुली फिक्कल गाँउपालिका वडा नं.-२ बस्ने २३ वर्षीय डोर प्रसाद फुयाल रहेका छन्।

अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद बिक्री गर्न भनि ल्याएको विशेष सूचनाकाे अाधारमा खाेजतलास गर्दा उनीहरुलार्इ चितुवाको एक थान छालासहित प्रहरीले पक्राउ गरेकाे सिअाइबी प्रवक्ता एसपी जीवन कुमार श्रेषठले बताए।

पक्राउ परेका दुबैलार्इ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौ पठाइएकाे सिअाइबीले जनाएकाे छ।

 


  •  
  •  
  •