गेष्टहाउसबाट दुई लागुऔषध कारोबारी पक्राउ

203
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): गेष्टहाउसबाट दुर्इ लागुऔषध कारोबारीलार्इ प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौंको गोंगबुबाट प्रहरीले उनीहरुर्इ लागुऔषधसहित पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा ताप्लेजुङका लाक्पा शेर्पा र तेह्रथुमका पासाङ शेर्पा रहेका छन्।

विशेष सूचनाकाे अाधारमा प्यूठानको नारिकोटका सन्तोष कुँवरले सञ्चालन गरेको गोंगबुको गौमुखी गेष्ट हाउसबाट उनीहरुलार्इ तीन सय थान विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता माेहन थापाले बताए।


  •  
  •  
  •