आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो

90
  •  
  •  
  •  

एजेन्सी । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्याण्डले घरेलु टिम इंग्ल्याण्डलाई हराएको छ ।

साउथह्याम्पटनमा बुधबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो । एजेस बाउलमा इंग्ल्याण्डले जितेको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एण्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे ।

इंग्ल्याण्का डेभिड विलि र आदिल राशिदले १–१ विकेट लिएका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले अलआउट हुँदै ३ सय २८ रन जोडेको थियो । अन्तिम खेलमा पराजित भएपछि इंग्ल्याण्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ ।

इंग्ल्याण्डले सिरिज भने २–१ ले जित्न सफल भएको छ ।


  •  
  •  
  •