काठमाडौं २२ वैशाख (ओएनएस) : एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालसामु हङकङले १ सय ८२ रनको चुनौति प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा रहेको वायुमास ओभल मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले १ सय ८१ बनाएको थियो ।
टस हारेर पहिले व्याटिङ थालेको हङकङले ओपनर इर्फान अहमदको १ सय ६ रनको सतकीय पारीको मद्दतमा ४१ दशमलव ५ ओभर खेल्दै १ सय ८१ रन बनायो ।
नेपालले आजको खेल जिते नेपाल एसिसी च्याम्पीयनसिपमा छनोट हुनेछ । नेपालको तीन खेलबाट ४ अंक सहित दोश्रो स्थानमा छ । एक दिवसीय मान्यता प्राप्त हङकङ तुलनात्मक रुपमा बलियो मानिए पनि यो प्रतियोगिताका शुरुका ३ वटै खेल हारेर हङकङ दवावमा छ । हिजो नेपाललाई २ विकेटले हराएको ओमान च्याम्पीयनसिपको लागि छनोट भैसकेको छ ।