एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सडक आन्दोलन गर्ने

186
  •  
  •  
  •  

20 party meetingकाठमाडौ, ६ पुस(ओएनएस) : कांग्रेस-एमालेसँगको निर्णायक भनिएको वार्ता सफल हुन नसकेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले सडक आन्दोलन चर्काउने निर्णय गरेको छ ।

आज बसेको संविधानसभामा रहेका १९ दलको बैठकले शान्तिपूर्ण सडक आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले कांग्रेस-एमाले सहमतिका लागि बाधक भएको र संसदमा अन्य दललाई पेलेर जान खोजेको निष्कर्ष निकालेको थियो । बैठकमा एमाओवादी अध्यक्ष दाहालले वालुबाटारमा भएको बैठकबारे ब्रिफिङ गरेका थिए । यस्तै, मधेषी दलका नेताहरूले पनि कांग्रेस-एमालेसँघ भएको छलफलबारे बैठकमा जानकारी गराएका थिए ।

बैठकले आन्दोलनका कार्यक्रम तयार गर्नका लागि ११ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

१९ दलको बैठकले संविधान निर्माणबारे साझा धारणा बनाउने निर्णय गरेको छ । यसको खाका बनाउने जिम्मा कार्यदललाई नै दिइएको छ ।


  •  
  •  
  •