११ प्रहरीको हत्याको आरोपमा १ सय ८८ जनालाई मृत्युदण्ड

224
  •  
  •  
  •  

egypt
file photo

काठमाडौ, १७ मंसिर(एजेन्सी) : इजिप्टको एक अदालतले ११ प्रहरी अधिकारीको हत्याको आरोपमा १ सय ८८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

अदालतले यस घटनाको सुनुवाई गर्दै मुस्लिम ब्रदरहुड पार्टीसँग जोडिएका १ सय ८८ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘आरोपीहरुले यस घटनाको विरूद्धमा अपील गर्न सक्छन् । सजाय दिइएका मध्ये केही मुस्लिम ब्रदरहुडका प्रमुख पदाधिकारी पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका केही समर्थकहरूले पछिल्लो वर्ष १४ अगस्त २०१३ मा गीजा प्रान्तको केरदासा जिल्लामा केरदासा मुख्य प्रहरी चौकीमा हमला गरेका थिए । यस हमलामा ११ प्रहरी र अन्य २ मारिएका थिए ।


  •  
  •  
  •