नयाँ बानेश्वरमा दिउँसै लुटियो १८ लाख

448
  •  
  •  
  •  

thief-stealingकाठमाडौं, २१ माघ (ओएनएस) : नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर निस्कने क्रममा एक महिलाको साथबाट १८ लाख रुपैयाँ लुटिएको छ ।

कलंकी निवास सरस्वती आचार्यको साथबाट लुटेराहरुले रकम लुटेका हुन् ।

नयाँ बानेश्वर प्रहरी बृत्तका अनुसार बैंकबाट पैसा झिकेर बाईक चढ्ने क्रममा आचार्यको साथमा रहेको पैसा भएको ब्याग लुटेराहरुले चोरेर भागेका थिए ।

लुटेराहरुको खोजी कार्य तीब्र रुपमा भैरहेको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले घटनमा संलग्न रहेको आशंकामा एक ब्यक्तिलाई पक्राउपछि रिहा गरेको छ ।

प्रहरीका अनुसार ती ब्यक्तिले पनि ग्लोबल आईएमईबाट पैसा झिकेका र साथमा ५० हजार रहेकोले घटनमा संलग्न नपाईएकोले छाडिएको हो ।


  •  
  •  
  •