एक महिनामा १७ महिलाको हत्या, ५ बलात्कार

143
  •  
  •  
  •  

काठमाडौं १० वैशाख (ओएनएस) : एक महिनामा मात्रै मुलकभर १७ जना महिलाको हत्या भएको छ । हत्या हुनेमा तीन बालवालीमा समेत रहेका छन् । चैत महिनाभरी महिला हिंसामा ३७ घटना भएकोमा १७ जनाको हत्या र ५ जनाको बलात्कार भएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।
राजधानीबाट प्रकाशित दैनिक अखबारहरुको अनुगमन गर्दा २०७० को चैत महिनामा मुलुकभर महिला हिंसाका ३७ घटना भएको पाइएको मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले जनाएको छ ।
यसैगरी यौन दूव्र्यवहार ४, बेचविखनमा र कुटपिटमा ३–३ जना महिला परेका छन् । त्यसैगरी श्रम शोषण र हत्या प्रयासमा २–२ जना परेका छन् । बोक्सीको आरोपमा परेका महिलाको संख्या १ रहेको छ ।
हिंसामा परेका बालबालिकासँग सम्बन्धित घटना १६ वटा पहिचान गरेका छन् जसमा ३ बालबालिकाको हत्यासमेत भएको छ । बलात्कारको शिकारमा परेका ११ बालिकाको मार्मिक विवरण पनि प्रकाशमा आएको छ । यसैगरी यातना र यौन दूव्र्यवहारमा १–१ बालबालिका परेका छन् ।
 मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल (इहि«कन) ले हतियारजन्य हिंसासँग सम्बन्धित घटनाको पनि अनुगमन भइरहेको जनाएको छ । फागुन महिनामा भएका हतियारजन्य हिंसाका घटनामा ११ जना प्रभावित भएका छन् ।
बन्दुक तथा अन्य हतियारको प्रयोगबाट भएको हिंसामा ५ पुरुष, ४ महिला र २ बालबालिका प्रभावित भएका हुन् । प्रभावित हुने पुरुषमा ३ को मृत्यु भएको छ भने २ घाइते छन् । त्यस्तै ३ महिलाको मृत्यु भएको छ भने १ महिला घाइते बनेकी छन् । त्यसैगरी २ बालबालिका घाइते भएका छन् ।
 हिंसामा महिला तथा बालबालिकासंग सम्बन्धी घटनालाई क्षेत्रगत आधारमा हेदा पूर्वाञ्चल १८, मध्यमाञ्चल १९, मध्य–पश्चिमाञ्चल १०, पश्चिमाञ्चल ४ र सुदुर–पश्चिमाञ्चल २ को संख्यामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

  •  
  •  
  •