चीनमा शनिबारदेखि १७ हजार फ्याक्ट्री बन्द

210
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस(एजेन्सी) : चीनमा शनिबारदेखी १७ हजार फ्याक्ट्री बन्द गरिएको छ भने करिब २८ हजार ६ सय फ्याक्ट्रीहरूलाई अस्थायी रूपमा बन्द गर्ने आदेश दिइएको छ ।

चीनले हावामा बढिरहेको विषलाई केही भएपनि कम गर्ने उदेश्यले यस्तो निर्णय लिएको समाचारहरूमा जनाइएको छ । चीनको पर्यावरण मन्त्रालयले उक्त आदेश दिएको हो । यी सबै फ्याक्ट्रीहरूले तय गरिएको भन्दा बढी प्रदुषण फैलाइरहेको समेत बताइएको छ ।

चीनको यस फैसला लिनका लागि सरकारले सुरू गरेको हटलाइनले धेरै मद्दत गरेको बताइएको छ । सरकारले गत सेप्टेम्बरमा हटलाइन सेवा सुरू गरेको थियो र जनतालाई प्रदुषणका सम्पन्न जानकारी दिन र उजुरी गर्नका लागि भनिएको थियो । मन्त्रालयका अनुसार उक्त हटलाइन सेवामा १२ हजार ३ सय ६९ पटक फोन आएपछि उक्त निर्णय लिइएको हो । यसबाट ६३ हजार ७ कम्पनीहरू गैरकानुनी निर्माणका प्रोजेक्टमा लागेको पत्ता लागेको मन्त्रालयले जनाएको छ ।

हटलाइन सेवामार्फत सबैभन्दा बढी उजुरी केमिकल, मेटल प्रोसेसिङ र मिनरल मेटल प्रोसेसिङ कम्पनीहरूको आएको थियो । उजुरी आएपछि नोभेम्बरमा मन्त्रालयले ५ सय ४ टोलीलाई बेइजिङसहित देशभरका अन्य भागमा जाँचका पठाएको थियो । यसै जाँचका क्रममा पर्यावरण नियमको उल्लंघनबारे जानकारी हासिल गर्न सरकार सफल भएको थियो ।


  •  
  •  
  •