१३ बर्षका बुवा १२ बर्षकी बालिका आमा

102
  •  
  •  
  •  

बेलायतमा १२ वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । बच्चाको पिताको उमेर पनि १३ वर्षको मात्रै छ । उनीहरू बेलायतका सबैभन्दा कम उमेरका आमाबाबु बनेका छन् ।
प्राथमिक स्कुलमा पढ्ने न्यान्सी जोसेफ ९नाम परिवर्तन० ११ वर्षको उमेरमै गर्भवती भएकी थिइन् । बच्चाको तौल सात पाउन्ड रहेको छ । जसलाई सामान्य मानिन्छ । न्यान्सीका ब्वाइफ्रेन्ड नौ कक्षाका छात्र हुन् । क्रिसमसको अवसरमा दुई वर्षअघि उनीहरूको भेट
भएको थियो ।
बेलायती सञ्चारमाध्यमले जनाएअनुसार उनीहरूलाई परिवारले स्विकारेका छन् । बच्चा ठूलो भएपछि मातापिता बनेका जोडीको धुमधामले विवाह गरिदिने परिवारले बताएका छन् ।
यसअघि सन् २००६ मा पनि यस्तै समाचार सार्वजनिक भएको थियो ।  एडिनबर्गकी १२ वर्षीया बालिका ट्रेसा मिडिलटनले बच्चा जन्माएकी थिइन् । उनको ब्वाइफ्रेन्ड सिन स्टवर्ट १२ वर्षमै पिता बनेका थिए ।

  •  
  •  
  •