भूकम्पपछि मलेसियाको माउन्ट किनाबालुमा १ सय ६० पर्यटक जोखिममा

234
  •  
  •  
  •  

malaysia earthquake2काठमाडौ, २२ जेठ(एजेन्सी) : मलेसियाको गएको भूकम्पछि माउन्ट किनबालु चढ्न पुगेका १ सय ६० पर्यटक जोखिममा परेका छन् । किनबालु गधाको कानको आकारको थियो, तर भूकम्पपछि एकातिरको भाग भाचिँएको छ । यसकारण पनि पर्यटकहरू जोखिममा परेको हुन सक्ने आशंका गरिएको छ र उद्धारको प्रयास भइरहेको मलेसियाका सबाह राज्यका पर्यटन मन्त्रीले जानकारी दिएका छन् ।

mt kinabaluमसिदी मन्जुनले ट्वीटरमा ट्वीट गर्दै किनबालु चढ्ने बाटो पार गर्न नसकिने अवस्थामा रहेको र खराब वातावरणका कारण हेलिकप्टर समेत अवतरण गर्न नसकेको बताएका छन् । ढूङ्गाहरू खस्न सक्ने भन्दै पर्यटकहरूलाई सुरक्षित रूपमा रहनका लागि आगर्ह गरिएको बताइएको छ । किनबालुमा चढ्न तयारीमा रहेका सबैलाई अहिले फिर्ता पठाइएको छ ।

malaysia earthquake4किनबालुको उचाई ४ हजार ९५ मिटर रहेको छ र यो विश्वमा चर्चित पनि रहेको छ । मसादीले उद्धारकर्मीहरू पर्यटकहरूको उद्धारका लागि पर्यटकहरू रहेको स्थानसम्म पुग्ने प्रयास गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘उद्धारकार्यसँगै आफूहरूले खाना, पानी र तातो लुगा पठाउने कार्यलाई पनि प्राथमिकतामा राखेका छौ ।’

malaysia earthquake5उनले किनबालुको एक तर्फको भाग भाँचिएको बताएका छन् । दुईतिर उठेको र गधाको कान जस्तो देखिने किनबालुको चुचुरो एकतिरको भाचिएपछि कुरूप भएको मसादीले बताए ।

किनबालु चढ्न पुगेका एक पर्यटकले फेसबुकमा आफूहरूलाई उद्धार गर्ने हेलिकोप्टरको पर्खाईमा रहेको बताएका छन् । उनले थप लेखेका छन्, ‘माथीबाट ढुङ्गाहरू खसिरहेको र सुरक्षित बाटो पनि नभएकाले हामीहरू तल फर्किन सक्दैनौ ।’

केही पर्यटकहरू घाइते भएको हुन सक्ने आशंका गरिएको छ । उनीहरूमध्ये केही पर्यटकका गाइड समेत रहेको समाचारहरूमा जनाइएको छ ।

सम्बन्धित समाचारः मलेसियामा शक्तिशाली भूकम्प


  •  
  •  
  •