सल्यानमा १६ घरगोठमा अागाे लाग्दा ५० लाखको क्षति

317
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : सल्यानमा १६ घरगोठमा आगलागी हुँदा ५० लाखको क्षति भएकाे छ। छत्रेश्वरी गाउँपालिका वडा न ७ फेदीखोलामा रहेको सामुदायिक वनमा लागेको आगो गाउँमा प्रवेश गरेपछि उक्त घरगाेठमा अागाे  लागेकाे हाे।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ७ श्रीचौरमा शनिवार दिउँसो आगलागी हुँदा ८ घर र ८ गोठ जलेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ।  आगलागीबाट स्थानीय चक्र बहादुर दमाईको घर, वेद बहादुर बोहराको घर, शेरबहादुर केसीको गोठ जलेर नष्ट भएका छन्।
यस्तै इश्वरी कंवरको घर र गोठ, गोपाल खड्काको गोठ, रामसिहं बोहराको घर र गोठ, रामबहादुर खड्को गोठ, गोपाल बस्नेतको घर, सुरज बोहराको घर, खेमलाल विष्टको घर र गोठ, मोहन केसी घर र गोठ, कालिबहादुर केसीको गोठ, जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामका सई लक्ष्मण डाँगीले जानकारी दिए।
आगलागी पिडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसी रहेका छन्। सामुदायिक वनमा आगो लगाउनेको खोजी कार्य भई रहेको प्रहरीको भनाई रहेको छ।

  •  
  •  
  •