बोको हारामले अन्धाधुन्ध गोली चलाउँदा १५० सर्वसाधारणको गयो ज्यान

151
  •  
  •  
  •  

(एजेन्सी) : नाइजेरियाको चरमपन्थी समूह बोको हरामले सर्वसाधरणको वस्तीमा फेरि आतंक मच्चाएको छ । पछिल्लो नरसंहारमा १५० को मृत्यु भएको छ ।

नाइजेरियाको उत्तर–पूर्वी भागमा नरसंहार गरिएको हो । बुधवार बोर्नो राज्यको कुकावामा बोको हरामले स्थानीयमाथि अन्धाधुन्ध गोली चलाउँदा ७९ जनाको मृत्यु भएको थियो । उनीहरूले गाँको सबै घरमा आगो समेत लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैगरी, मनगुनो सहरनजिकै रहेको रोन्गुनोको मस्जिदमा प्रार्थना स्थलनमा गोली चलाउँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मारिनेमा रमजानको रोजा तोड्न लामबद्ध पुरुष रहेको बताइएको छ ।

 समूहले नाइजेरियामा सन् २००९ देखि १७ हजारभन्दा बढीको हत्या गरिसकेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।


  •  
  •  
  •