१५ उपसचिव सहसचिवमा बढुवा…(नामावलीसहित)

305
  •  
  •  
  •  

काठमाडौँ, ५ फागुन(ओएनएस) : सरकारले १५ जना उपसचिवको बढुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १५ उपसचिवहरूलाई सहसचिवमा बढुवा गरेको हो । बढुवा समितिको सिफारिसका आधारमा उपसचिवहरूलाई सहसचिवमा बढुवा गरिएको हो ।

बढुवा हुने उपसचिवहरूमा कानुन मन्त्रालयका सुशील कोइराला, कोशलचन्द्र सुवेदी, अर्जुनकुमार खड्का र आलोकचन्द्र श्रेष्ठ, उद्योग मन्त्रालयका राजेन्द्रप्रसाद भण्डारी, प्रमोदा प्रधान, सुधिर रजौरे र चुर्णबहादुर ओली, परराष्ट्र मन्त्रालयका दीपक अधिकारी र बिभ्रु ढुंगाना, कृषि मन्त्रालयका चन्द्र सुब्बा, राजाराम अधिकारी र मधुसूदनसिंह बस्नेत तथा शिक्षा मन्त्रालयका मुक्तिसिंह ठकुरी र ओमकान्त रेग्मी रहेका छन् ।


  •  
  •  
  •