नेत्र बिक्रम बिमली
मलेसिया, १९ मंसिर : मलेसिया सरकारले मलेसियामा गैरकानूनी रूपमा रहेका विदेशी नागरिकहरूमाथी धरपकड सुरू गरेको छ । सेना, प्रहरीका साथै त्यहाँका स्थानीय जनतालाई पनि यस कार्यका लागि परिचालन गरिएको छ ।
मलेसियाका सञ्चारमन्त्रीले मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका सम्पूर्ण धपाउने बताएका छन् । सरकारको यो अभियानले मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका विदेशी नागरिकले सास्ती भोग्नुपर्ने देखिएको छ । यस्तै, गैरकानुनी रूपमा बस्दै आएका करिब १५ हजार नेपालीहरु पनि यस अभियानले संकटमा पार्न सक्ने अनुमान जानकारहरूले गरेका छन् ।