यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

160
  •  
  •  
  •  

काठमाडौँ, ७ पुस(ओएनएस) : आईसीसी यु-१९ क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी जनवरी २२ देखी हुने यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि राजु रिजालको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको हो ।

टोलीको उपकप्तान आरिफ शेख रहेका छन् भने अन्य खेलाडीमा सन्दिप सुनार, सुनिल धमला, दीपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दीप लामिछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे रहेका छन् । यस्तै, वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दन यादव रहेका छन् ।

१४ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । नेपाल सम्मिलित समूहमा अस्ट्रेलिया, भारत र न्यूजिल्याण्ड छन् । नेपालले पहिलो खेलमा जनवरी २८ मा न्यूजिल्याण्डविरूद्ध खेल्नेछ ।


  •  
  •  
  •