उत्तर भारतमा सडक दुर्घटना, १५ को मृत्यु

100
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (एजेन्सी) : भारतको हिमाञ्चल प्रदेशमा आज भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

प्रहरी अधिकारीका अनुसार करिब ४० यात्रु बोकेर यात्रा गरिरहेको एक निजी बस किनाउर जिल्लामा ४०० फिट गहिराइमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ । बस चालकसहित १५ व्यक्तिको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

अधिकारीहरूले बस साङ्गला उपत्यकाबाट काल्पाको पहाड इलाकामा गइरहँदा दुर्घटनाग्रस्त भएको जनाएका छन् । यस दुर्घटनाको कारण अनुसन्धान गर्नका लागि आधिकारिक सरकारी अधिकारीले आदेश दिएको बताइएको छ ।


  •  
  •  
  •