१५ किलो अबैध सुनसहित १ पक्राउ

451
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर (ओएनएस) :  नेपाल प्रहरीले काठमाडौंको नक्सालबाट १५ किलो अबैध सुनसहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तस्करी गरी ल्याइएको ६ करोड ५० लाख मुल्य बराबरको सुनसहित पाछेङ खाम्बालाई पक्राउ गरेको हो ।

प्रहरीले उनको स्कुटर चेक गर्दा बिस्कुटको बट्टामा लुकाई राखिएको सुन बराबत गरेको हो । सुनको मुल्य उकालो लाग्दै गर्दा पछिल्लो समय नेपालमा सुन तस्करी बढिरहेको छ ।

यहि साता प्रहरीले २ केजी सुन सहित एक जना र बौद्धको एक पसलबाट पनि २ केजी नै सुन बरामद गरेको थियो । नक्साल सुन बरामत गरिएपछि प्रहरीले थप अनुन्धान गरिरहेको छ ।


  •  
  •  
  •