सलमान र प्रियंका असमझदारी हटाउदैँ डेढ दशकपछि एकैसाथ कुन फिल्ममा देखिदैछन्

404
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : सलमान खानसँग र प्रियंका चोपडा लामाे समय असमझदारी हटाउदैँ डेढ दशकपछि एकैसाथ नयाँ अाउने फिल्ममा देखिन लागेका छन्। सलमानसँग अभिनय नगर्ने कसम खाएकी प्रियंका अाफै समझदारीकाे हात बढाउदैँ नयाँ अाउने फिल्ममा अभिनय गर्न लागेका छन्।

१४ वर्षअघि सलमान खानसँगको विवादका कारण फिल्ममा एकसाथ काम नगर्ने कसम खाएकी प्रियंका पुन: एक पटक सलमान सँग निधाे गरेकी छिन्।

प्रियंका फिल्म ‘भारत’ मा सलमानको अपोजिटमा अनुबन्धित भएकी हुन्। यी दुईले करिब १४ वर्षअघि ‘मुझसे सादी कारोगी’ र ‘गाड तुस्सी ग्रेट हो’ जस्ता फिल्ममा एकसाथ देखिएका थिए।

झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बसिरहेकी ३५ वर्षीया बलिउड नायिका प्रिंयका निर्देशक अली अब्बासद्वारा निर्देशित चलचित्रमा सलमान खानसँगै देखिन लागेकी हुन् ।

प्रियंका सन् २०१६ मा ‘जय गंगाजल’ मा देखिइएकी थिइन् । प्रियंकाले सलमान र निर्देशक अलीसँग काम गर्न पाउँदा आफू  निकै खुशी भएको बताएकी छिन् ।

उनीहरुले पुराना कुरा भुलेर पुन नयाँ सम्बन्धको ढोका खोलेका हुन्। केही दिनअघि प्रियंका आफैं सलमानको घरमा गएर असमझदारी हटाएर एकसाथ काम गर्ने कुरा टुंग्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सलमान र प्रियंकाबीचको तिक्तता सलमानकी बहिनी अर्पिताले मेटाउँदै सम्बन्ध विस्तारमा भूमिका खेलेको जनाइएको छ। अर्पिता प्रियंकाकी मिल्ने साथी हुन्।

 


  •  
  •  
  •