सागमा नेपालले रच्यो नयाँ इतिहास, स्वर्ण अहिलेसम्मकै उच्च

बिहीबार जितेका अधिकांश स्वर्ण महिला खेलाडीका
94
  •  
  •  
  •  

काठमाडौँ, १९ म‌ंसिर (ओएनएस) : नेपालले दक्षिण एसियाली खेलकूद (साग)को इतिहासमा आफ्नो सर्वाधिक स्वर्णपदकको पूर्वकीर्तिमान तोडेर नयाँ उचाइ कायम गरेको छ । बिहीबार नेपालले ७ वटा नयाँ स्वर्ण हासिल गरी ३६ पुर्याएको छ । यसअघि आठौँ सागमा सर्वाधिक ३१ वटा स्वर्ण पदक जितेको थियो । पदक तालिकामा भने नेपाल दोस्रो स्थानमा छ । ५८ स्वर्णसहित भारत पहिलो स्थानमा छ ।

यसपटक नेपालले पहिलोपल्ट पौडीमा स्वर्णपदक जितेको छ । गौरिका सिंहले फ्रीस्टाइल पौडीमा स्वर्ण दिलाएकी हुन् । त्यस्तै भारोत्तोलन, तेक्वान्दो, उसु र साइक्लिङमा पनि नेपालले स्वर्ण जितेको छ । भारोत्तोलनकी सञ्जु चौधरीले पहिलोपल्ट महिलाका तर्फबाट नेपालको खातामा स्वर्ण पारेकी हुन् । उसुमा जुनी राईले ५६ केजी समूहमा स्वर्ण जितिन् । उसुमै निमा घर्तीमगरले १२ औँ सागमा प्राप्त गरेको स्वर्ण यसपटक पनि आफ्नै पोल्टामा पार्न सफल भइन् । पुरुष तेक्वान्दो ८६ केजीमुनिको समूहका भुपेन श्रेष्ठले स्वर्ण दिलाए ।

क्रस कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेका छन् । महिलातर्फ लक्ष्मी मगरले नेपाललाई स्वर्ण दिलाइन् ।


  •  
  •  
  •