च्याम्पियन्स कपमा आर्सनलद्धारा बायर्न पराजित

122
  •  
  •  
  •  

एजेन्सी – प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन च्याम्पियन बायर्न म्युनिख इंग्लिस क्लब आर्सनलसँग पराजित भएको छ ।

क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो ।

खेलको ४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती गोलबाट आर्सनलले अग्रता लिएको थियो ।
७१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर ८८औँ मिनेटमा एडवार्ड केइटाहले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाएका थिए । ।

अर्को खेलमा इटालियन क्लब फियोरेन्टिनाले गुडलाजारालाई २–१ ले नै हराएको छ । प्रि सिजनअघिको च्याम्पिन्स कपमा युरोपका १३ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।


  •  
  •  
  •