१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, बलात्कारी फरार

465
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् ।

आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयानमा बताएकी छिन् ।

बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको पीडीत बालिकाले बयानको क्रममा बताएकी छन्।
पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाइएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास तिब्र पारिएको इन्स्पेक्टर झाले बताए।

–––


  •  
  •  
  •