पोखरा, १३ फागुन(ओएनएस) : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूमध्ये १३ जनाको शव पोखरा ल्याइएको छ भने ३ शवलाई मुस्ताङमा नै राखिएको छ ।
आफन्तले मुस्ताङमा नै शव बुझाइदिन आग्रह गरिएपछि ती ३ शव मुस्ताङमा नै राखिएको हो । मुस्ताङमा राखिएको तीन शवमा कृष्ण भट्टचन, बिनिता भट्टचन र बिनिताको ६ महिनाको छोराको शव हुन् ।
पोखरामा ल्याएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ भने क्याप्टेन रोशन मानन्धरको शवलाई भने विमानस्थलमा नै राखिएको छ ।
म्याग्दीको दाना-२ घोप्टेभिरमा दुर्घटनामा परेको विमान सवार यात्रुहरूको शव आज बिहान संकलन गरेर सकिएको थियो । बुधबार बेलुकासम्म १९ जनाको शव संकलन गरिएको थियो भने आज बिहान बाँकी यात्रुहरूको शव संकलन गरिएको थियो ।
बुधबार बिहान जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको विमान म्याग्दीको दाना-२ घोप्टेभीरमा दुर्घटना हुँदा ३ चालकदलका सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।