विज्ञानतर्फको १२ कक्षाको परीक्षाफल सार्वजिक

119
  •  
  •  
  •  

काठमाडौं  १४ भदौ (ओएनएस) :   कक्षा १२ को विज्ञान संकायको परिक्षाफल प्रकाशित भएको छ । शनिवार विहान सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ७० दशमलव ४३ प्रतिशत र आंशिकतर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उर्तिण भएको उच्च माध्यमिक शिक्षा परिषदले जानकारी दिएको छ ।  यस वर्ष नियमित तर्फ ३६ हजार ७ सय २७ विद्यार्थी परिक्षामा सहभागि भएका थिए । ती मध्ये २५  हजार  ८ सय ६६ जना उत्तीर्ण भएका छन् । त्यस्तै आँशिकतर्फ ६ हजार ८ सय ४२ जना विद्यार्थीले परिक्षा दिएकोमा  २ हजार ६ सय २१ जना पास भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जानकारी दिएको छ ।


  •  
  •  
  •