त्रिवी अख्तियारको दोस्रो छापा

326
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा छापा मारेको छ । अख्तियारले लेखा शाखाका सम्पुर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारबाट खटेको टोलीले परीक्षा नियन्त्रण कार्यालय, उच्च शिक्षा परियोजना र केन्द्रीय व्यवस्थापन संकायका लेखा सम्बन्धित कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । सम्बन्धीत शाखा र विभागका एक गाडी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।
ती शाखाहरुमा आर्थिक अनियमितता भएको उजुरीपछि छापा मारिएको हो । यसअघि अख्तियारले त्रिवीका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र सीटीइभीटीमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •