प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

78
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् । आज विहान बालुवाटारमा भएको भेटमा दुईबीच अवरुद्ध संसद खोल्ने र संबिधान निर्माणको बिषयमा कुराकानी भएको थियो ।

दोस्रो संबिधान सभाको निर्वाचन अघि तीन दलबीच भएको चार बुँदे सहमतिको कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै एमाओवादी नेतृत्वको मोर्चाले संसदमा गरेको अवरोध खोल्ने बिषयमा दुईबीच छलफल भएको दाहालका सहयोगी चुडामणी खड्काले जानकारी दिए ।

भेटमा दाहालले सहमतिको आधारमा संबिधान निर्माण गर्ने कुरामा जोड दिएका थिए । प्रधानमन्त्री  कोइरालाले प्रचण्डलाई संविधानका विवादित विषय शासकीय स्वरुप र संघीयतामा लचिलो हुन आग्रह गरेका थिए ।  जवाफमा प्रचण्डले आफू शासकीय स्वरुपमा हदैसम्म लचिलो हुने बताएका थिए ।  संबिधान निर्माण, चार बुँदे कार्यान्वयन लगायतको बिषयमा छलफलका लागि भोलि शीर्ष तीन दलको बैठक बस्दैछ ।


  •  
  •  
  •