पार्टी ड्रग्स बनाउन रुघाको औषधिको तस्करी !

69
  •  
  •  
  •  

काठमाडौं, ९ असोज  : पार्टी ड्रग्स भनेर चिनिने मेथाफेडामाइन (आइस ड्रग्स) बनाउन नेपालमा उत्पादन हुने रुघाको औषधि तस्करी भइरहेको पाइएको छ ।

लागुऔषधिका कारोबारीले चिसो लागेका बिरामीलाई दिइने औषधिमा हुने स्युडोफ्रिडिन निकाल्न नेपालमा उत्पादन हुने ट्रिडिनलगायतको तस्करी गरिरहेको नेपाल प्रहरी, लागुऔषध नियन्त्रण व्युरोको अनुसन्धानबाट खुलेको नारिक दैनिकमा खबर छ ।

नेपाली औषधि उत्पादकले चिसो लागेका बिरामीका लागि चलाइने औषधि बनाउन स्युडोफ्रिडिन आयात गर्ने गरेका छन् । रुघा, एलर्जी र दमविरुद्ध दिइने यस्ता औषधिमा प्यारासिटामोलसँगै स्युडोफ्रिडिनको मात्रा झन्डै आधा हुन्छ । तस्करले यस्ता औषधिका चक्कीबाट स्युडोफि्रडिन सहजै अलग पारेर आइस ड्रग्स बनाउन प्रयोग गर्ने गरेका छन् ।

नागरिक दैनिकबाट 


  •  
  •  
  •