तेल लिएर १२ वटा टयाङ्कर आज काठमाडौँ आउँदै

150
  •  
  •  
  •  

काठमाडौँ, १६ कात्तिक(ओएनएस) : चीनले अनुदानमा दिएको तेल भरेर रसूवागढी नाकामा आइपुगेका १२ वटा ट्यांकर आज काठमाडौँ आईपुग्दैछन् । केरूङबाट तेल भरेर तीनवटा ट्याङ्कर अस्ति नेपाल भित्रिएको र हिजो गएका नौवटा ट्याङ्कर टिमुरेस्थित भन्सार क्षेत्रमा ल्याइएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार आज एकैसाथ १२ वटा ट्याङ्कर काठमाडौँ आउने र थप चार वटा भने फेरि तेल भर्न केरुङ पठाइनेछ । चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको तीन करोड ६४ लाख भन्सार नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिए ।


  •  
  •  
  •