१२ कक्षाको विज्ञान बिषयको नतिजा आज सार्वजनिक गर्ने तयारी

287
  •  
  •  
  •  

काठमाडौं १३ भदौ (ओएनएस):  उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा आजशुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ ।

परिषद्का सहसचिव नारायण कोइरालाले आज नतिजा सार्वजनिक गर्ने बताए । उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको हाजिरी देखिएपनि नम्बर नचढेपछि मिसिङ देखिएकोले त्यसमो समाधान गरी नतिजा प्रकाशन गरिनेछ । विद्यार्थीको उत्तरपुस्तिका एउटा पोकामा हुनु पर्नेमा अर्कोमा पर्दा पनि मिसिङ हुने गरेको उनले बताए । नतिजा नआएपछि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षामा समेत सहभागी हुने वा नहुने भन्ने विद्यार्थीमा अन्यौल छ । त्रिविको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा सकिसक्यो । मेडिकलतर्फको आइतबार प्रवेश परीक्षाको कार्यक्रम तय गरेका छ ।


  •  
  •  
  •