संसदीय समितिका १२ सभापति चयन,

72
  •  
  •  
  •  

काठमाडौ, ११ भदौ (ओएनएस) : दलहरूबीच भएको भागवण्डा अनुसार व्यवस्थापिका संसदका सभापतिहरू चयन भएका छन् । लामो समयपछि व्यवस्थापिका संसदका सभापतिहरू आज चयन भएका हुन् र उनीहरूले आज साँझ ६ बजे सपथ ग्रहण गर्नेछन् । १२ जना समितिका नवनिर्वाचित सभापतिहरूलाई सभामुख सुवासचन्द्र नेम्वाङले सपथ खुवाउनेछन् ।

विधायन बाहेकका समितिका सभापति निविर्रोध भएका छन् । विधायन समितिको सभापतिका  गंगा चौधरीमध्ये छानिएका छन्छ । उम्मेद्वारी दर्ताका लागि तोकिएको हिजोको समय सीमा भित्र कांग्रेस, एमाले, राप्रपा नेपाल र मधेशी दलको भागमा परेका समितिहरुमा एक-एक जनाको मात्र उम्मेद्वारी परेको थियो । १२ समितिका लागि परेको १३ जनाको उम्मेद्वारीमा दुई जनामात्र महिला सांसद छन् ।


  •  
  •  
  •