४० वर्षकी महिलाको १२ जनाले गरे सामूहिक बलात्कार

88
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, २९ पुस(एजेन्सी) : बिहारको अररिया जिल्लामा एक ४० वर्षकी महिलामाथी सामूहिक बलात्कार भएको छ । ती महिलालाई घरको अगाडि रहेको बिजुलीको पोलमा बाँधेर पिटेका थिए ।

बाँधेर पिटिरहेको जानकारी पाएपछि प्रहरी पुगेर ती महिलालाई मुक्त गराएको थियो । अररिया महिला चौकीकी सई पुष्पलताले मुद्धा दर्ता गरेर महिलालाई जाँचका लागि अररिया अस्पताल पठाइएको छ ।

सोमबार अररिया जिल्लाको हांसा गाऊमा भएको घटनाको जानकारी ती महिलाकी छोरीले प्रहरीलाई दिएकी थिइन् । पीडित महिलाले १५ जनाले आफ्नो बलात्कार गरेको आरोप लगाएकी छिन् । प्रहरीले मेडिकल परिक्षणपछि नै साँचो कुरा थाहा हुने बताएको छ । प्रहरीले आरोपी र पीडिताको बीच जमिनको विवाद रहेको बताएको छ ।

समाचारमा जनाइए अनुसार पीडिताका चार जना बहिनीहरू छन् भने कुनै भाई छैनन् । भाई नभएका कारण गाऊका केही मानिसले उनीहरुको जमिन हडप्ने सुर कसिरहेका थिए । ती महिला पूर्णियामा आफ्नो बिरामी भएका पिताको उपचार गराइरहेकी थिइन् । उपचारका लागि पैसा जुटाउनका लागि उनी गाऊ आएकी थिइन् ।

सोमबार बिहान छिमेकका राजेश राम, चन्दन राम, सुनील राम, उपेन्द्र राम, विजय राम, बिनोद राम, दिलीप रामलगायतले जबरजस्ती उनलाई लैजान खोजे । महिलाले विरोध गरेपछि ३-४ जना थपिए । उनीहरूले मिलेर ती महिलालाई एउटा घरमा लगे जहाँ १२ मानिसले उनलाई पटक-पटक गरी बलात्कार गरे । बलात्कार पछि आरोपीहरूले उनलाई घर बाहिर खम्बामा बाँधेर बेहोस नहुँदासम्म पिटेका थिए ।


  •  
  •  
  •