दिनमा २ वटा केरा खानुस्, स्वस्थ रहनुस्…

1182
  •  
  •  
  •  

bananaकेराले मानिसको स्वास्थ्यलाई फाइदा नै पुर्याउँछ । दिनमा दुई वटा केरा खाने गरे धेरै रोगहरूबाट छुटकारा पाउन सकिने चिकित्सकहरूले बताउने गरेका छन् । केरा खानाले कुनै मानिस मोटो हुँदैन । केराले मानिसलाई तत्काल शक्ति दिन्छ । यसमा फाइबर र अन्य तीन थरीको सुगर हुन्छ, ‘सुक्रोज, फ्रुक्टोज र ग्लुकोज ।

एक अध्ययन अनुसार ९० मिनेट कार्य गर्नका लागि दुई केराले निकै शक्ति दिन्छ । यसकारण एथलेटिक्स केरा खाने गर्छन् । शक्ति बढाउनुका साथै केराले भिटामिन पनि पाइन्छ ।

–    तनाव : रिसर्चका अनुसार तनावका बिरामीले केरा खाए फाइदा गर्छ । केरामा एउटा यस्तो प्रोटिन हुन्छ, जसले मानिसलाई शान्त र आराम भएको अनुभव दिलाउँछ र मानिसको मानसिक अवस्थालाई सहज बनाउँछ । केरामा भिटामिन बी ६ हुन्छ, यसले मानिसको रगतमा ग्लुजोकको मात्रा ठिक हुन्छ ।

–    एनेमियाः केरामा आइरनको मात्रा बढी हुन्छ । यसकारण केरा खानाले रगतमा हेमोग्लोबिनको कमी हुँदैन । जुन मानिसहरूलाई एनेमिया हुन्छ, उनीहरूले केरा खान जरूरी हुन्छ ।

–    कब्जियतः यदी कुनै मानिस कब्जियतबाट पीडित छ भने केराले निकै फाइदा पुर्याउँछ । केरामा हुने फाइबरले कब्जियतको समस्या कम गर्न मद्धत गर्छ ।

–    मष्तिष्कको शक्तिः बेलायतको एक विद्यालयमा २ सय विद्यार्थीलाई परीक्षा अगाडि खाजामा केरा खान दिइन्थ्यो, जसले उनीहरुको मष्तिष्कलाई तेज बनाउन मद्धत गर्थ्यो । अनुसन्धानका अनुसार केरामा पोटासियमको मात्रा आवश्यक मात्रामा हुने हुनाले मानिसको सम्झने शक्ति बढ्ने गर्छ ।

–    ह्याङओभरः धेरै अल्कोहल पिएपछि यदी टाउको दुखेका एक गिलास केराको जुस पिए फाइदा गर्छ । यसमा थोरै मह पनि हालेर खानु राम्रो हुन्छ । यसले केही बेर मानिसको ब्लड सुगरको मात्रालाई सन्तुलित गर्छ र ह्याङओभर पनि हट्छ ।

–    एसिडिटीः यदी तपाई एसिडिटीको समस्याले ग्रस्त हुनुहुन्छ भने केराले यो समस्या समाधान गर्न सक्छ ।

–    ब्लड प्रेसरः केरामा हुने पोटासियम बढी र नुनको मात्रा कम हुन्छ, जसले शरिरको ब्लड प्रेसरलाई नर्मल अवस्थामा राख्न मद्धत गर्छ । अमेरिकाको एक फुड एण्ड ड्रग कम्पनीले केरा खानाले व्लड प्रेसर र हृदयघात हुने समस्या कम हुने जनाएको छ ।

–    भोकको समस्याः यदी खाना खाएपछि पनि भोक लाग्ने समस्या भए केरा खानु उपयुक्त हुन्छ । यसले तपाईको ब्लड सुगरको मात्रालाई सन्तुलित बनाउँछ र सहज अनुभव गर्न सकिन्छ ।

–    लामखुट्टेको टोकाईः यदी लामखुट्टेले टोक्दा जलन हुने भए केराको भित्री भाग लगाउनाले आराम दिन्छ । लोशन या क्रिम लगाउनुभन्दा केरा लगाउनु फाइदाजनक हुन्छ ।

–    स्नायु प्रणालीः केरामा हुने भिटामिन बी ले मानिसको स्नायु प्रणालीलाई स्वस्थ राख्छ । अष्ट्रेलियामा गरिएको एक अध्ययनमा कार्यक्षेत्रमा भोक लागेपछि कामदारले फास्ट फुड र स्न्याक्सले पेट भर्छन् । यसले मानिसको शरिरको तौल तथा तनाव पनि बढ्छ । यसकारण हरेक दुई घण्टामा कार्बोहाइड्रेट पाइने खानेकुरा खानु राम्रो हुन्छ । यस्तै, खानेकुरामध्ये केरा पनि एक हो ।

–    अल्सरः यदी कसैलाई अल्सर छ भने उक्त व्यक्तिका लागि केरा लाभदायक हुन्छ ।

–    रक्तचाप नियन्त्रणः केरा खानाले गर्भवती महिलाको शरिरको तापक्रम ठिक रहन्छ । केरा र स्याऊमा तुलना गर्ने हो भने स्याऊभन्दा केरामा प्रोटिन चारगुणा, कार्बोहाइड्रेट दुई गुणा, फोस्फोरस तीन गुणा र भिटामिन ए र आइरन पाँच गुणा बढी हुन्छ । केरामा पोटासियमको मात्रा अधिक हुन्छ । यसैले दिनमा दुई वटा केरा खानाले स्वस्थ रहन सकिन्छ ।

कस्ता मानिसले नखाने केरा ?

चिकित्सकहरुले केरा केही व्यक्तिले खान नहुने पनि बताउँछन् । केही यस्ता रोगहरू छन् जुन रोगमा केराको प्रयोग गर्नु हानिकारक हुन्छ । कुन-कुन रोगमा केरा खानु हुँदैन थाहा पाऔः

–    दमका रोगीले सकेसम्म केरा खानु हुँदैन । केराले दम बढाउन सक्छ वा दमका बिरामीलाई दमको अट्याक आउन सक्छ । जाडोमा त सकेसम्म केरा नखाएकै राम्रो । यतिमात्र नभई दमका रोगीले दुध वा त्यसबाट बनेका उत्पादनहरू पनि सकेसम्म खानु हुँदैन ।

–    यदी खोकी लागिरहेको छ भने पनि केरा नखानु राम्रो । यसले खोकीलाई झन् बढाउँछ ।


  •  
  •  
  •  

Comments are closed.