कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

90
  •  
  •  
  •  


काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा सदस्य सचिव अर्यालले अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट परीक्षा गरिने जानकारी दिए । उनका अनुसार कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको छ । तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागिएको छ ।


  •  
  •  
  •