मेसीको ४०१ गोल

122
  •  
  •  
  •  

काठमाडौं, १३ असोज : अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले व्यक्तिगत ४०१ गोल पूरा गरेका छन् । स्पेनिस लिगअन्तर्गत शनिबार राति सम्पन्न ग्रानेडाविरुद्धको खेलमा मेसीले दुई गोल गर्दै उपलब्धी हात पारेका हुन् । फुटबल जगतमा २७ वर्षको उमेरमा चार सयौं गोल पार गर्ने उनी एकमात्र खेलाडी बनेको स्पेनिस पत्रिकाहरुले जनाएका छन् । मेसीले इतिहास रचेको शनिबार बार्सिलोनाका लागि ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियरले ह्याट्रिक गरेका थिए ।

स्पेनिस लिगमा नेमारको यो पहिलो ह्याट्रिक हो । सो खेलमा बार्सिलोनाले ग्रानेडालाई ६–० को फराकिलोअन्तरले हरायो । स्पेनिस लिगमा बार्सिलोनाले ६ खेलमा पाँच जित र एक बराबरी नतिजा निकालेको छ । बार्सिलोना मालागासँग मात्र बराबरीमा रोकिएको थियो ।मेसीले पहिलो हाफमा एक गोल गर्दै आफ्नो व्यक्तिगत चार सयौं गोल गरे । दोस्रो हाफमा थप एक गोल गर्दा मेसीले ४०१ औं गोल संख्या पुर्याए । मेसीले बार्सिलोना र राष्ट्रिय टोलीबाट ५२४ खेल खेलेका छन् । 

नयाँ पत्रिका 


  •  
  •  
  •